इन्डियन बीच रुख Pongamia pinnata
Pongamia pinnata
इन्डियन बीच रुख (Honge Tree, Pongam Tree, Panigrahi, Fabaceae परिवारअन्तर्गत पर्ने १५–२० मिटर उचाईंको रुख हो। यसको टुप्पामा धेरै सेतो, गुलाबी वा बैजनी रंगका साना फूलहरु हुन्छन्। यसको उत्पत्ति भारतमा भएको हो तर पनि यो दक्षिणपूर्वी एसियामा बढी पाइन्छ।
Pongamia pinnata कडा खालको तापीय रुख हो वसले ताप र सूर्यको प्रकाशलाई सहन सक्दछ। यसको ठूलो जराले गर्दा यसले खडेरी पनि सहन सक्छ। यो बलौटे वा ढुंगे माटोका साथै चुनढुंगामा पनि उम्रन्छ तर खेती गर्दा जुनसुकै खालको माटोमा पनि सजिलैसँग उम्रन सक्छ।
यो प्रायः सुख्खा ठाउँमा उमि्रन्छ र सुन्दर दृश्य संरचना तथा छायाँका लागि प्रयोग गरिन्छ। यसलाई धागो वा डोरी बनाउनका लागि प्रयोग गरिन्छ साथै विषालु माछाले टोकेको ठाउँमा पनि यो लगाइन्छ।
यसको जरा नाइट्रोजन स्थिरीकरणका लागि प्रयोग गरिन्छ जहाँ नाइट्रोजन ग्याँस (N2) लाई NH4+ (विरुवामा पाइने नाइट्रोजन) बनाउन प्रयोग गरिन्छ। त्यसकारण यसलाई कम पोषकतत्व भएको माटोको उपचारका लागि प्रयोग गरिन्छ। पूरै रुपमा यो विरुवा विषालु भएपनि यसबाट एन्टिसेप्टिक तयार गरिन्छ। यसको बीउको तेल बत्तीको तेल, सावुनको कच्चा पदार्थ, लुब्रिकेन्ट तथा बायोडिजेल उत्पादन गर्न प्रयोग गरिन्छ।
««« अघिल्लो लेख: बीउबाट आँप उत्पादन अर्को लेख: इन्डोनेसियाका आँपहरू »»»
शनिबार 3.10.2009 07:53 | प्रिन्ट गर्नुहोस् | पानीमा पाइने विरुवाहरु
KPR को बारेमा
विरुवाहरुको वृद्धिको बारेमा तपाईंको अनुभव बाँड्नुहोस्। विरुवा, त्यसको हेरचाह र बृद्धिको बारेमा लेख लेख्नुहोस् र आफ्नै भाषामा Botanix को जर्नलमा प्रकाशित गर्नुहोस्। विस्तृत जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्।